एजेन्सी । भारतको बिहार राज्यको बेगूसरायमाका स्थानीयवासीले घरमा शौचालय बनाएका छैनन् । यहाँ खुला चौरमा सामूहिक दीशापिशा गरिन्छ । यसैबीचमा त्यहाँ यस्तो घटना भएको छ जसले सबैको ध्यान आफू तिर तानेको छ ।
एक जना सरकारी अधिकृत मर्निंग वाकमा जाँदै थिए, उनले देखे गाउँलेहरु हातमा पानीको लोटा लिएर खुला चौरतर्फ जाँदैछन् । ती सरकारी अधिकारी गाउँलेहरु भएतर्फ अगाढी बढे । र उनीहरुलाई नियन्त्रणमा लिए ।
उले ती गाउँलेहरुलाई सरसफाईको शिक्षामात्र दिएनन् थप्पड पनि दिए । यतिमात्र होइन माफी माग्न लगाए । अनी फेरि यस्तो कहिल्यै नगर्ने कसम पनि खुवाए । यो घटना तेघराको हो ।
प्रखण्ड पशुपाल अधिकारी ललन कुमार बिहान घुमफिरमा निस्केका बेला उनले गाउँलेहरु हातमा लोटा लिएर खुला चौरतर्फ गएको देखेका थिए । त्यसपछि उनले सबै गाउँलेलाई बोलाएर लाइनमा उभ्याए ।
अनी सरसफाईबारे पाठ पढाए । यसैबीचमा एकजना बेस्सरी हाँसे । अनि त के थियो । ती सरकारी अधिकारीको रिसको पारो तातियो । उनले ती हाँस्ने व्यक्तिलाई थप्पडसमेत हाने ।
त्यसपछि गाउँलेहरुलाई कान समातेर उठबससमेत गराएको र लोटालाई नमस्कार गर्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो सबै घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो भाइरल बनेपछि केहीले भे सरकारी अधिकारीको सो कामको निन्दा गरेका छन् ।
बेगूसरायका डिएम राहुलले यो घटना दुखद्पूर्ण भएको बताएका छन् । उनले सम्बधित अधिकारीसँग जानकारी मागिएको बताए । उनले घटनाबारे छाविन गराउनेसमेत बताए ।
भारतमा अँझै पनि खुला दीशा गर्ने जनसंख्या करोडौं छ।
https://youtu.be/xXMus5p_4ec