२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

ज्वाइँ जेठानकी श्रीमती लगेर फरार, यता पतिको बिजोग(भिडियो)

1003 Shares
Spread the love

कञ्चनपुर । एकजना भारतीयले आफ्नै जेठानकी श्रीमती भगाएर लगेका छन् । भारतको पिलिभित घर भई विगत डेढ दशकदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा बस्दै आएका ३० बर्षिय पन्नालाल मोर्याले जेठान हरिस दमाईकी श्रीमती द्रोपति दमाई भगाएर लगेका हुन् । मोर्याले उनलाई मायाप्रेम वा बेच्नका लागि भगाएको बारे नखुलेको परिवारस्रोतले बतायो ।

बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश दमाई हैरान भएका छन् । हरिस आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार ठाडो उजुरी ल्याएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

(हरिस–ईश्वरी)की आमा रोहिता दमाई यतिबेला आकासबाट खसेको जस्तो भएको छ । आफ्नो छोरी ज्वाईले बुहारी भगाएर लगेको छ  उनी चिन्तत हुँदै आफ्ना छोरा र छोरी दुवैजनाको जिन्दगी विगारेकोमा दुवै जनालाई खोजविन गरी कार्बाही गर्न माग गरेकी छन ।

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिडेको बताईन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिडेका थिईन् ।

२०५२ सालदेखि मोर्या कञ्चनपुरका विभिन्न स्थानमा जमिन ठेक्का लिएर तरकारी खेती गर्दै आएका थिए । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया