२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

नेपाल सरकारका मन्त्रिहरुसंग अन्तरक्रिया गर्दै एनआरएन युके

1487 Shares
Spread the love

मन्दिप केसी

लन्डन । नेपाल सरकारको उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, वन मन्त्री (पुर्व गृहमन्त्री) शक्ती बस्नेत र संघिय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक राई यसै साता लन्डन आउने समाचार नेपाल संसारलाई प्राप्त भएको छ।

अक्टोबर ९ र १० लन्डनमा हुने मानसिक स्वास्थ्य सम्बन्धि मन्त्रीस्तरीय विश्व सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री यादव लन्डन आउने जानकारी  एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी एवम महासचीव राज कुमार त्रीपाठीले जानकारी दिए ।

भ्रमण कार्यक्रम मन्त्रिपरिषदले स्वीकृत गरिसकेकोले स्वागतका लागी एनआरएन  बेलायत तयार रहेको एनआरएन उप-महासचीव विनय अधिकारीले  बताए ।

यसै समयलाई सदुपयोग गर्दै बरिष्ठ मन्त्रीहरु र बरिष्ठ राजनितीज्ञहरुको बेलायत भ्रमणको अवसर पारेर बेलायतमा बसोवास गर्ने नेपालीहरुलाई हाल नेपालको संसदमा दर्ता भै छलफलमा रहेको नागरीकता निरन्तरता, ब्रिटीस गोरखाको पेन्सन र अन्य बिषयमा बेलायत बसोवास गरेका नेपालीहरुले सीधा प्रश्न सोध्न सक्ने गरी अन्तरक्रिया कार्यक्रमको तयारी एनआरएन युकेबाट गरेको जानकारी प्राप्त भएको  छ ।

११ अक्टुवर २०१८ को १८:३० बजे  द प्यालेस अल्डरसटमा हुने कार्यक्रमको ब्यापक प्रचारप्रसार गरीदिन र बेलायत बस्ने नेपालीले आफु उपस्थीत भएर  फाईदा लीन एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी र महासचीव राजकुमार त्रीपाठीले बिशेष अनुरोध गर्नुभएको छ।

यसैबीच लन्डनस्थित नेपाली दूतावासले आगामी अक्टोबर १० तारिक बुधबार साँझ दूतावासमै एक सेमिनार कार्यक्रम आयोजना गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले भ्रमणमा बेलायतस्थित पार्टी कार्यक्रममा पनि सहभागिता जनाउने उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि दुईपटक उपप्रधानसहित परराष्ट्रमन्त्री भएका यादव संसदको तेस्रो ठूलो दलका नेता हुन् ।

प्रतिक्रिया