२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

दैलेखमा नयाँ भूकम्पको धक्का

726 Shares
Spread the love

असोज १९ – आज पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तर पछिल्ला समय पश्चिम नेपालमा गएको यो भूकम्प भने नयाँ भएका केन्द्रका वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया