२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

ट्याक्सीको ठक्करबाट दुई सैनिक घाइते

1182 Shares
Spread the love

असोज १९ –काठमाडौंको टोखा नगरपालिका–९ शिवमन्दिर नजिकै गएराति ट्याक्सीको ठक्करबाट मोटरसाईकलमा सवार दुई सैनिक घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोट देउरालीका सेल्ताङ तामाङ र पछाडी सवार लमजुङ बेसीशहरका जीवन सेढाई छन् ।

घाइते दुवैलाई ततकालै उपचारका लागि विनायक अस्पताल गोंगबु पठाइएकोमा चालक तमाङलाई भने थप उपचारका लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ । घाइते दुवै नारायाणहिटी गुल्ममा कार्यरत सैनिक रहेको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

गएराति ११ बजे नम्बर नखुलेको ट्याक्सीले तामाङ र सेढाई सवार बा७०प ६०५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया