२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

रोनाल्डोलाई किस गरेर पछुताएकी थिईन् बिपासा

3506 Shares
Spread the love

नायिका बिपासा बसु बलिउडकी यस्तो नायिकाहरुको लिस्टमा पर्छिन् जसको फिल्म , करियर भन्दा बढि फिटनेस र प्रेम सम्बन्धको कारण चर्चामा आईन् । यतिबेला नायक करण सिंह ग्रोबरसंग सुखद बैवाहिक जीवन बिताईरहेकी बिपासा कुनै समय चर्चित नायक जोन अब्राहमसंग प्रेम सम्बन्धमा थिईन् । लामो समय लिभइन टुगेदरमा समेत बसेका उनीहरुको जोडी बलिउडकै लागि हट र निकै सुहाएको जोडी मानिन्थ्यो ।

१० बर्षभन्दा लामो सम्बन्ध यसरी टुङगियो की आज उनीहरुको एक अर्काको नामै लिन चाहादैनन् । उनीहरुको ब्रेकअपको कारण किन भयो कहिल्यै खुलेन । भनिन्छ बिपासा जोनसंग बिवाह गर्न चाहान्थिन् तर जोन चाहान्थेनन् किनकी भित्रभित्रै जोनले प्रिया रुचालसंग डेट गरिरहेका थिए । यसबीचमा बिपासा र चर्चित पोर्चुगाली खेलाडी क्रिष्टियानो रोनाल्डोसंगको एक तस्बिर पनि निकै भाईरल बन्यो ।

एक पवमा भेटको क्रममा जब बिपासा र रोनाल्डोको भेट भयो तब उनीहरुले लिप किस गरिरहेको तस्बिर मिडियामा निकै भाईरल बन्यो । उक्त तस्बिरकै कारण बिपासा निकै बिवादमा तानिएकी थिईन् । उनलाई आज पनि उक्त प्रश्नहरु कहिलेकाही तेर्सिने गर्छ । बिपासा आफु रोनाल्डोको निकै ठुलो फ्यान भएको बताउँछिन् ।

उनी भन्छिन् “त्यतीबेला पवमा निकै नोइज थियो कुरा गर्न हामी अगाडी आएका थियौँ , त्यहाँ कुनै किस भएको थिएन । त्यो मात्र एउटा क्यामराको एङगल थियो । जुन तस्बिर मेरो जीवनकै सबैभन्दा लाज मर्दाे थियो । उनी अगाडी भन्छिन् “त्यतीबेला म एउटा रिलेसनसिपमा थिए , म रेस्पोन्सिबल युवती हो । जोसंग प्रेम गरिरहेको थिए मैले कुनै चिट गरेको थिईन्” । आज उनी रोनाल्डोसंगको तस्बिर नत हेर्न चाहन्छिन् नत कुरा गर्न नै ।

प्रतिक्रिया