२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

पूनम पाण्डेको ब्वाइफ्रेण्ड बनेर रोमान्स गर्दै शक्ति कपुर (भाइरल भिडियो)

1337 Shares

एजेन्सी। आफ्नो कामुताकालागि चर्चित पूनम पाण्डेले यति बेला फेरि चर्चामा छिन्। तर यो पटकको चर्चा भने फिल्मका कारण भएको भारतीय संचारमाध्यमले जनाएका छन्। पूमन चाँडै बलिउडका लोकप्रिय खलनायक शक्ति कपुरसँग एउटा फिल्ममा देखिने भएकी छन्। उनको यो फिल्मको नाम ‘द जर्नी अफ कर्मा’ हो। जुन फिल्म चाँडै रिलीज हुँदैछ।

यो फिल्ममा पूनम आफ्नो सपना र वास्तविक जीवनसँग जुधिरहेकी युवतीको भूमिकामा देखिने भएकी छन्। आफ्नो अवस्थालाई राम्रो बनाउने कोसिसमा उनी धनी व्यक्तिको सम्पर्कमा पुग्छिन्। यी धनी व्यक्तिको भूमिकामा शक्ति कपुर देखिएका छन्। फिल्मका शक्ति कपुर खलनायककै रुपमा देखिएका छन्।

फिल्मको ट्रेलरमा पनि शक्तिलाई त्यसैगरी प्रस्तुत गरिएको छ। कथा बस्तु भन्दा बाहेक फिल्ममा बोल्डनेशको झलक पनि देखिन्छ। पूनम फेरि आफ्नो परिचित स्वरुपमा दर्शकको मन जित्ने प्रयासमा छिन्। डेढ मिनेटको यो ट्रेलरलाई करिव २० लाखले हेरिसकेका छन्।
पूनम पाण्डेसँग फिल्मका देखिएका शक्ति कपुर लामो समयपछि बलिउडमा कमब्याक गरेका छन्। यो फिल्ममा शक्ति कपुर पूनम पाण्डेको ब्याइफ्रेण्डका रुपमा देखिएका छन्।

प्रतिक्रिया