1380
Shares
काठमाडौं । प्राय नेपालीहरुलाई सबैभन्दा मन पर्ने तरिकारी काउली हो । ताजा काउली र काउलीलाई सुकाएर पनि तरकारी बनाउन सकिन्छ । यदि तपाईंलाई काउली मन पर्छ र त्यसलाई फरक तरिकाले खान चाहनुहुन्छ भने पकौडा बनाएर पनि खान सक्नुहुन्छ ।
काउलीको पकौडा बनाउनको लागि आवश्यक सामग्री :
काउली, हरियो खुर्सानी, रातो खुर्सानीको धुलो, लसुन अदुवाको पेस्ट
बेसन, तेल, जिरा, चाट मसला, नुन, पानी
विधि :
बेसनमा जिरा,नुन, लसुन अदुवाको पेस्ट, खुर्सानी, चाट मसला राख्ने ।
अब त्यसलाई थोरै-थोरै पानी राख्दै मिक्स गर्ने ।
त्यसपछि त्यसमा काउली राखेर मिक्स गर्ने ।
एउटा भाँडोमा तेल तताउने र काउली फ्राई गर्ने ।