विनय अधिकारी
लण्डन , एनआरएन स्क़टलेण्ड राज्य परिषदको समितिमा अध्यक्षमा पदमा कार्की विजय ३ प्रत्यासिहरु मध्ये मोहन कार्कीको नाममा सर्वसम्मतले पारित भएको थियो । लामो समय देखि रोकिएर रहेको स्कटलेन्ड राज्य परिसदको गठनको गाँठो आज अल्डरसटमा बसेको NRNA UK को कार्यसमिती बैठकले टुंगो लगाएको हो ।बैठकमा सबैलाई मिलेर अघि बढ्न एनआरएन युकेका संरक्षक डमर घलेले अनुरोध गरेका थिए ।
अध्यक्षका प्रत्यासीहरु भोला खनाल र यज्ञमुर्ति ढकालले तेस्रो प्रतिस्प्रधी मोहन कार्कीको नाममा सहमति जनाएका थिए । भोला खनाल र यज्ञमुर्ति ढकाल दुवै जना लाई गैर आवासीय नेपाली स्कटलेन्डका संरक्षक हुने भएका छन् सबै जना मिली एक ढिक्का भएर अघि बढ्ने र केन्द्रको बिधि र बिधानलाई मानेर सबैलाई संगठित गर्नेकुरा नव निर्वाचित अध्यक्षले मोहन कार्कीले बताए ।
समिति गठनको गाँठो फुकाई गैर आवासीय नेपाली संघ बेलायतले राज्य परिसदको गठन टुंग्याएर समावेसी एनआरएनए बनाउने अभियानमा सफलता हासिल गरेको कुरा अध्यक्षस योग कुमार फगामीले बताए । सबैले हार्दिकता साथ् नेत्रित्व स्वीकारेर संगठन बिस्तारमा सहयोग गर्ने तिनै पक्षलाइ धन्यवाद दिंदै भावी दिनमा अघि बढ्न र आफु सबै सहयोग गर्न तयार रहेको जानकारी महासचिव आरके त्रिपाठीले बताए ।कार्यक्रमको प्रत्यक्ष प्रसारण गरी उपमहासचिव बिनय अधिकारीले पत्रकारहरुलाई सूचना दिएका थिए कार्यक्रममा पुर्व अध्यक्ष योगेन क्षेत्री , उपाध्यक्ष प्रेम गाहा मगर , शेर सुनार , धर्म बिभागका होमनाथ पौडेल , सदस्य मुकेश राना उपस्थिती रहेको थियो ।
तदर्थ समितिको लिस्ट :गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद स्कटलेन्ड तदर्थ समिति सम्पन्न
अध्यक्ष : मोहन कार्की
उपाध्यक्ष :नारायण पहारी
उपाध्यक्ष : कासिराम भण्डारी
सचिब : कृष्ण दाहाल
सहसचिव: दीवाकर पाण्डे
कोषाध्यक्ष : धन ब के सी
सह-कोषाध्यक्ष : यदुमणि सापकोटा
सदस्य :राम प्रसाद बगाले
विजय मान डंगोल
उज्वल कार्की
गोबिन्द खरेल
सुशिला गैरे
लक्ष्मी शर्मा सापकोटा
भोजराज खरेल
अन्जली चापागाईं
बलराम पौडेल
डिलाराम गैरे
कृष्ण देवकोटा
मनिष खत्री
यज्ञ मुर्ति ढकाल – संरक्षक
भोला खनाल – संरक्षक