काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजीमा फरर नेपालको विषयमा बताउँदा अमेरिकाको एक कार्यक्रममा तालीले हल गुञ्जिएको छ । नेपालको विषयमा खुलेर त्यती ठूलो कार्यक्रममा स्पष्ट, निर्धक्ककासाथ आफना कुरा राखेपछि सबैतीरबाट प्रधानमन्त्री ओलीको प्रसंसा भएको छ । इतीहासमै पहिलो पटक प्रधानमन्त्रीको रुपमा ओलीले यसरी नेपालको अन्तराष्टिय क्षेत्रमा नाम राख्न सफल हुनु भएको हो ।
ओलीले बोलीरहँदा सबैलाई सरप्राइज दिनुभएको छ । प्रश्न कर्ताले नै ओलीको उत्तर र नेपाली वीरताको गाथा बारे बोलेको सुनेपछि लठ्ठै परेका थिए । ओली यतिबेला अमेरिकामा हुनुहुन्छ । प्रधानमन्त्री ओली सबेरै न्युयोर्कमा आयोजित एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा अतिथि वक्ता हुनुहुन्थ्यो । अंग्रेजी भाषामा सम्बोधन पछि ओली अन्तरकृया र प्रश्नोत्तरमा सहभागी हुनुभएको थियो ।
शान्ति, लोकतन्त्र र विकास शीर्षकमा ओलीको प्रस्तुती सुन्न अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड पनि अडियन्समा हुनुहुन्थ्यो । सम्बोधन पछिको अन्तरकृया निकै रोचक बनेको थियो । प्रस्तोताले एशियाकै पुरानो स्वतन्त्र मुलुक भनेर भन्नु भ, यहाँ उपस्थित अमेरिकीहरूलाई यसबारे अलि विस्तृतमा भनिदिनुस् भनेपछि ओलीले नेपालको इतिहास कोट्याउन शूरु गर्नुभयो र नेपालको विषयमा भएका भ्रमण चिर्न सफल हुनुभएको थियो ।
ब्रिटिश साम्राज्यसँग नेपालीहरु नाइफ (चक्कु ) का भरमा लडेका देखि नेपाली वीरताको व्याख्या समेत उहाँले गर्नुभयो । बन्दुकका अगाडी चक्कुले लडेको सुनाउँदा प्रस्तोता सरप्राइज भएका थिए ।राजा फाल्ने आन्दोलन हुँदै गणतन्त्र, संविधानसभा, चुनाव र अहिलेको दुई तिहाइ सरकारसम्मको यात्राबारे बताउनुभएको थियो |