२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

समुद्रको गहिराइमा भेटियो ४०० वर्ष पुरानो रहस्य, भारतदेखि पोर्चुगलसम्म हंगामा

1034 Shares
Spread the love

लिस्बन। वैज्ञानिकहरुले पोर्चुगलको सीमाक्षेत्रको समुद्रबाट ४ सय वर्ष पुरानो रहस्य खोजेका छन् । पोर्चुगलको राजधानी लिस्बन नजिकै समुद्रभित्र ४०० वर्ष पहिले डुबेको पानीजहाजको अवशेष भेटिएको हो । यो अवशेष समुद्र सतहबाट ४० फिटको गहिराइमा भेटिएको हो । भारतबाट लिस्बन जाँदै गरेको यो जहाज १५७५ देखि १६२५ को बीचमा समुद्रमा डुबेको अनुमान गरिएको छ ।

गोताखोरहरुले जहाजको अवशेषमा ठूलो मात्रामा मरिच, चाइनिज माटोका भाँडाहरु र कौडीहरु भेटेका छन् । कौडीको प्रयोग त्यतिबेला अफ्रिकाको केही भागमा गुलामहरु किनबेच गर्दा पैसाको रुपमा गरिन्थ्यो । यो खोजसँग जोडिएका जर्ज फ्रियरले संरक्षणको हिसाबले यसलाई दशकको सबैभन्दा ठूलो खोज भएको बताएका छन् । उनका अनुसार जहाजको अवशेषमा काँसका तोपहरु पनि भेटिएका छन् जसमा पोर्चुगलको चिन्ह बनेको छ । यही चिन्ह पोर्चुगलको अहिलेको झण्डामा पनि छ ।

फ्रियरका अनुसार पानीभित्र खोज अभियानको क्रममा यही ३ सेप्टेम्बरमा जहाजको अवशेष भेटिएको हो । यो खोजमा उनीहरुलाई नोभा युनिभर्सिटी, पोर्चुगल सरकार र यहाँको जलसेनाले सहयोग गरेका थिए । यो जहाज भारतको कुन क्षेत्रबाट मसला लिएर गएको थियो भन्ने खुलेको छैन । मानिन्छ कि त्यतिबेला दिल्ली सल्तनतबाट मुगलको कब्जा हटेको थियो र त्यहाँ राजपुत शक्तिशाली बन्दै दिल्लीमाथि कब्जा गरेका थिए । यही समयमा शिख धर्मको सुरुवात भएको थियो ।

प्रतिक्रिया