काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको भव्य उद्घाटन भएको छ । दुई दशक पछि नेपाल फर्केको सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

सागको १३ औं संस्करणको उदघाटन समारोहको नेपाली मौलिक ,कला तथा संस्कृति प्रस्तुत गरिने व्यवस्थापन र संयोजक जिम्मेवारी रशलाइट मिडियाले पाएको छ।

उद्घाटनमा ३ घन्टा १६ मिनेटको अवधिमा साग सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देश सहितको नेपाली मौलिक संस्कृति र प्रकृति झल्कने गीत र कला प्रस्तुति चर्चित गायक दीपक बज्रचार्यको ‘मन मगन’ गीतसँगै दशरथ रंगशालामा १२ हजार भन्दा बढी दर्शक सहभागिताहरु नाचमा झुमेको रशलाइट मिडियाकी अध्यक्ष रमिता भण्डारीले दिएकी छन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालगायत विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

मंसीर २४ गते हुने समापन समारोहलाई पनि भव्य तथा सभ्य बनाउन आफूहरुले विशेष तयारी गरिरहेको भण्डारीले भनेकी छन्।

मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने छ । १३ औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । नेपालले तेस्रोपटक सागको आयोजना गरेको हो । यसअघि नेपालले पहिलो संस्करण सन् १९८४ र आठौं संस्करण १९९९ मा आयोजना गरेको थियो ।

