1463
Shares
दिल्ली –पूर्व भारतीय वित्त तथा गृहमन्त्री पी चिदम्बरमलाई बुधबार राति केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको छ।
वित्तमन्त्रीको पद दुरुपयोग गरेको र मनी लाउन्डरिङको आरोपमा केन्द्रीय जाँच ब्युरोले चिदम्बरमलाई पक्राउ गरेको हो।
जोरबागस्थित घरबाट नियन्त्रणमा लिएर सीबीआई कार्यालय पुर्याइएपछि उनलाई औपचारिक रुपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
घरमा पक्राउ गरेपछि उनलाई राममनोहर लोहिया अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो।