२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

विश्वभरका एकाउन्टेन्टहरुको ग्लोबल संस्थामा दाहालले उम्मेदवारी दिने

1783 Shares

लण्डन । विश्वभरका प्रोफेसनल एकाउन्टेन्टहरुको संस्था ‘एसिसीए यूके’को काउन्सिल मेम्बरमा बेलायतमा क्रियाशिल नेपाली एकाउन्टेन्ट कृष्णप्रसाद दाहाल पनि उम्मेदवार बन्ने भएका छन् ।

विश्वभरका २ लाख बढि क्वालिफाइड तथा प्रोफेसनल एकाउन्टेन्टहरु सदस्य रहेको एसिसीए यूकेको काउन्सिल निर्वाचन आउंदो अक्टोबर महिनामा हुंदैछ । सो निर्वाचनमा काउन्सिल मेम्बरका ३६ वटा पदमा एसिसीए यूकेका विश्वभरका सदस्य एकाउन्टेन्टहरुमाझ निर्वाचन हुनेछ ।

२० वर्षभन्दा लामो समयदेखि व्यवसायिक एकाउन्टेन्टका रुपमा सक्रिय दाहाल पछिल्लो१२ वर्षदेखि बेलायतमा कार्यरत छन् ।

नेपालका प्रोफेसनल एकाउन्टेन्टहरुको संस्थाका ‘आइक्यान’मा पनि दाहालले सन् २००३ देखि २००६ सम्म काउन्सिल मेम्बरका रुपमा निर्वाचित भएर काम गरेका थिए ।

सन् २०१८ को लागि एसिसीए यूकेको काउन्सिल मेम्बरमा उम्मेदवारी घोषणा गर्दै दाहालले विश्वभरका प्रोफेसनल एकाउन्टेन्टहरु आबद्ध प्रतिष्ठित संस्थाको काउन्सिल मेम्बरका रुपमा संस्थालाई अझ बढि समावेशी, ग्लोबल र प्रभावशाली रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् ।’विकास र बिस्तारको ठूलो सम्भावना बोकेको यो ग्लोबल संस्थाको सदस्यको रुपमा म निकै गौरवान्वित छु । मैले संस्थाका सम्पुर्ण सदस्य एकाउन्टेन्टहरुलाई आव्हान गर्न चाहन्छु कि मलाई काउन्सिल मेम्बरमा निर्वाचित गरेर संस्थामा योगदान गर्ने मौका दिनुहोस्’, दाहालले अपील गरेका छन्, ‘संस्थाको ग्लोबल पहिचान, व्यवसायिक मुल्य, मान्यता, ग्लोबल विज्ञता, प्राविधिक सीप र च्यारिटी स्पिरिटलाई परिस्कृत गर्दै विश्वभर उत्कृष्ट व्यवसायिक शिक्षाको बिस्तार गर्ने अभियानमा म आफ्नो अनुभव र क्षमता लगानी गर्न चाहन्छु ।’

दाहालले विभिन्न ३ वटा मुल एजेण्डासहित आफुलाई सदस्य एकाउन्टेन्टहरुमाझ प्रस्तुत गरेका छन् । एसिसीएलाई विश्वका हरेक क्षेत्र र मुलुकमा रिकगनाइज गराउन पहल गर्ने, एसिसीए शिक्षा र सदस्यताको लागि लाग्ने शुल्क ठाउं र त्यहांको आर्थिक क्षमताअनुसार समायोजन गराउने तथा विकासशिल देशहरुका क्षमतावान विद्यार्थीलाई प्रोत्साहन गर्न संस्थाबाट आवश्यक सहयोग गराउने लगायतका एजेण्डा अघि सारेका छन् ।

यसपटकको निर्वाचनमा आफुलाई सफलता मिल्नेमा दाहाल आशावादी छन् । तेस्रो विश्वका मुलुकहरुका एकाउन्टेन्टहरुको प्रतिनिधी उम्मेदवारका रुपमा पनि आफु बलियो उम्मेदवार रहेको उनको तर्क छ ।

‘गत वर्ष नेपालमै कार्यरत एकजना एकाउन्टेन्टले प्रतिस्पर्धा गर्नुभएको थियो, वहां पराजित हुनुभए पनि सम्मानजनक मत प्राप्त गर्नुभयो । मैले त बेलायतमै १२ वर्ष यहि क्षेत्रमा काम गरिसकेको एकाउन्टेन्टका रुपमा पनि थुप्रै मतहरु आकर्षित गर्न सक्छु । त्यो अर्थमा मलाई निर्वाचन जित्न सहज हुनेछ’, दाहालले भने ।

प्रतिक्रिया