काठमाडौँ । अन्तरास्ट्रिय स्तरको सेवा पुर्याउने उदेस्यले संचालित सम्वृद्धि रियलस्टेटले बढ्दो माग लाई ध्यानमा राख्दै आफ्नो ग्राहक हरुलाई पाएक पर्नेहिसाब ले काठमाडौँको केन्द्रमा पर्ने सिटीसेन्टर कमलपोखरीमा आफ्नोकर्पोरेट कार्यालय एक भब्य समारोह बीच समुद्घाटन गरेको छ । उक्तकार्यक्रममा नेपालमा रियल स्टेट व्यवसायमा अन्तरास्ट्रिय स्तरको ए आइसी सिस्टमको पहिलो पटक सुभारम्भ गरेको छ ।जसबाट कम्पनीबाटचौबिसै घन्टा रियल स्टेट सम्बन्धि सूचना प्राप्त गर्न सकिने छ ।
नेपाल राष्ट्रिय गानका रचयिता ब्याकुल माइला (प्रदिप कुमार राइ )लेकार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरी कर्पोरेट कार्यालयको समुद्घाटनगरेका थिए ।

उक्त कार्यक्रममा एन आर एन ए बेल्जियम का फाउन्डर प्रेसिडेन्ट तथा एनआरएनए आइसिसि कृषि प्रवर्धन समितिका संयोजक युबराज गुरुङ,पत्रकार महासंघ युरोपका बरिस्ट भाइस प्रेसिडेन्ट डिल्ली राम अमगाई , एनआरएनए आइसिसि कृषि प्रवर्धन समितिका सदस्य एबम रबर खेतिबिज्ञ तिलक भण्डारी ,एनरियो नेपालका महासचिब बिनोद सुबेदी ,एनरियोनेपालका सचिब हमिद खान , एनआरएनए युकेका सल्लहाकार डा रामकुमार अधिकारी ,हाइलि स्किल एसोसिएसन युकेका पुर्ब अध्यक्ष पुन्यरेग्मी ,क्लब ५० का अध्यक्ष दमन बस्नेत बिसिस्ट अतिथिको रुपमा रहेकाथिए ।

उक्त कार्यक्रम को संचालन सम्वृद्धि रियल स्टेटका सेल्स डाईरेक्टरनिलाम आचार्यले गरेका थिए भने ए आइ सी सिस्टमको चाट बोर्डकाबारेमा एम डि जनक भट्टराईले जानकारी गराएका थिए । कम्पनीकोबारेमा संक्षिप्त जानकारी दिदै सम्वृद्धि रियल स्टेटका मार्केटिंग डाईरेक्टरएबम एनआरएन ए युकेका उपाध्यक्ष ललित कुमार न्यौपाने ले स्वागतभासण गरेका थिए । भर्खर खोलिएको कार्यालयको उत्तरोत्तर प्रगतिकोकामना गर्दै प्रमुख अतिथि ब्याकुल माइला ,युब राज गुरुङ , डिल्ली रामअमगाई ,बिनोद सुबेदी ले सुभकामना मन्तब्य दिनु भएको थियो ।

सबै अतिथिहरु लाइ मायाको चिनो प्रदान गरी जलपान गराई कार्यक्रमकोसमापन गरिएको थियो । सबैलाइ धन्यवाद ज्ञापन गर्दै कम्पनीकाफाउन्डर सी ए ओ साम सुर्य तामांगले कार्यक्रमको बिसर्जन गरेका थिए । उक्त कार्यक्रममा डेपुटी सी ए ओ भरत थापा ,सेल्स डाईरेक्टर सुमन राई लगायत कम्पनीका कर्माचारी हरु ,प्रोपाटी ब्यबसाय संग संग्लग्न बिभिन्न महानुभाबहरुको बाक्लो उपस्थीति रहेको थियो ।