काठमाडौं – नयाँ शक्ति र फोरमको एकताको खुशियालीमा दुवै पार्टीका प्रवास संगठन द्वारा कतारमा संयुक्त शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम गरेका छन् ।
गत सोमवार डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकता भै समाजवादी पार्टी नेपाल घोषण भएको उपलक्ष्यमा कतारको एसियन टाउन स्थित ईभिनिङ स्पेस रेष्टुरेन्टको सभा हलमा दुवै पार्टीका प्रवास संगठन नेपाली संघीय समाज कतारले र अन्तराष्टि«य नेपाली समाज कतारले संयुक्त रुपमा शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम गरेका हुन ।
नेपाली संघीय समाज कतार अध्यक्ष हिरा धन राई र अन्तरास्ट्रिय नेपाली समाज कतार अध्यक्ष देव परियारको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति नेपाली संघीय समाज कतारका प्रमुख सल्लाहकार डि एन मगर रहेका थिए । त्यस्तै बिशेष अतिथिमा अन्तरास्ट्रिय नेपाली समाज कतारका प्रमुख सलाहकार दुर्गा सुनार,सल्लाहकार बिरेन्द्र महतो, प्रशिक्षण बिभाग प्रमुख सिसि सुबेदी,संगठन बिभाग प्रमुख रमेश सिंह खातीत्यसैगरी संघिय समाज कतारका सल्लाहकार अमृत कुमार राई रहेका थिए ।
सोही कार्यक्रममा करिब एक सय भन्दा बढि अभियान्ता हरुको उपस्थिति रहेको थियो ।

अन्तरास्ट्रिय नेपाली समाज कतारका महासचिब मान बहादुर डाँगीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यकममा नेपाली संघीय समाज कतारका उपाध्यक्ष मनिष यादब,प्रदेश नम्बर २ का संयोजक जमिर नदाफ,सलाहकार अमृत कुमार राई,प्रमुख सल्लाहकार डि यन मगर त्यसै गरि अन्तरास्ट्रिय नेपाली समाज कतारका प्रबक्ता,सन्तोष तिमिल्सिना,प्रसिक्षण बिभाग प्रमुख सिसि सुबेदी,सलाहकार बिरेन्द्र महतो,प्रमुख सलाहकार दुर्गा सुनार अध्यक्ष देव परियार लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाली संघिय समाज कतारका सह—अध्यक्ष तेज मोक्तान तामाङ ले गरेका थिय ।
प्रमुख अथिति डि एन मगरले नेपालमा बर्षौ देखि जड़ा गाडेर बसेको जातीय,धार्मिक,लैंगिक,भौगोलिक जस्ता विभेदको अन्त्य गर्दै पुराना भ्रष्ट्पार्टी हरुलाइ विस्तापित गरेर समाजवादी पार्टीले आगामी चुनाब सम्म पहिलो स्थान ओगटेर नेपाल लाई समृद्द बनाई छोड्ने दाबि गरे ।
त्यस्तै अध्यक्ष देव परियारले लामो समयको बहस छलफल पश्चात बिचार मिल्ने दुई दल एक भएकोमा खुसि व्यक्त गर्दै समाजबादी पार्टी नेपालले मात्र भ्रस्टाचार मुक्त समृद्द नेपाल नेपाल निर्माण गर्न सक्ने विश्वास गरे । उनले सम्पूर्ण अभियान्ताहरु लाई यस महान अभियानमा एकतावद्व भएर लाग्न समेत आग्रह गरे ।
अध्यक्ष परियारले बर्षौ देखि सत्तामा रहेर देश दोहन गर्दै आएका दुई ठुला दल कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा समाजवादी पार्टी स्थापना भएको दावी गरे ।
सम्बोधनकै क्रममा अर्का अध्यक्ष तथा कार्यक्रम सभापति हिरा धन राईले नब गठित समाजवादी पार्टी लाई बधाई दिदै पार्टीले अंगालेको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्राप्त उपलब्धिहरुको रक्षा गर्दै नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध, संघीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापित गर्न भएकोले त्यसको लागि सबै सदस्य हरुले आफ्नो ठाउबाट योगदान गर्नु पर्ने बताए ।
केन्द्र संग सहकार्य गरेर छिटै नै दुई संगठन लाई एक बनाउन पहल गर्ने प्रतिबद्धता सहित कार्यक्रमको समापन भएको थियो ।