काठमाडौँ । लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको राजनीति यात्रासँगै अनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले आफ्नो व्यवसायीक जीवनमा ‘रिमठिम रेष्टुरेन्ट’ आगामी बैशाख १५ गतेदेखी सञ्चालनमा ल्याउनुहुने भएको छ ।

यहि बैशाख पन्ध्र गते एसिड आक्रमण बाट पिडित दुई महिला सदस्य को प्रमुख आतिथ्यमा उद्घाटन हुने उक्त क्यफेको उद्घाटन मा विशेष अतिथिको रुपमा शीर्ष नेता देखि साम्सद र अन्य नेता कार्यकर्ताहरुलाइ पनि निमन्त्रणा दिएको उल्लेख गर्दै सम्पुर्ण जनसमुदायलाई समेत उपस्थित भै दिन निमन्त्रणा गरेकी छिन ।

सांसद लामासहित पाँच बहिनी मिलेर मीनभवन चोकमा ‘रिमठिम रेस्टुरेन्ट’ सञ्चालनमा ल्याउने भएको सांसद लामाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय खाना पस्कने गरी सञ्चालनमा आउन लागेको रेस्टुरेन्ट यही बैशाख १५ गते बाट औपचारिक रुपमा शुरु हुने छ ।

सांसद लामाको नेतृत्वमा सचिव आरती लामा र विद्यार्थी नेताहरु कल्पना वाइबा, आश्मा क्षेत्री र अवानी पौडेलको लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइने भएको उहाँले जानकारी गराउनुभयो ।

उक्त रेष्टुरेन्टमा स्थानीयमा उत्पादन हुने परिकारलाई विशेष प्राथमिकता दिई ग्राहकलाई स्वाद दिईने उहाँले बताउनुभयो । कोदो, मार्सी चामल, फापर, अर्गानिक कफि, जुस, मकै लगायतका स्थानीय उत्पादनबाट बन्ने परिकारले ग्राहक तथा पाहुनालाई पस्कने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्तमान समयमा स्थानीय वस्तु तथा पदार्थको प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको आफ्नो मौलिकता, परम्परा, धार्मिक, संस्कृति लगायतका कुराहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त रेष्टुरेन्ट संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

उक्त रेष्टुरेन्ट सँगै स्थानीय उत्पादनका कपडा, ढाका साडी, व्याग, टप्स्, कोट लगायतका सामग्रीहरुको साथ साथै नेपालको कला, संस्कृति, पर्यटन झल्कने सामग्रीहरु समेत एकै ठाउँमा पाउन सकिने छ ।




