२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

काठमाडौ औद्योगिक,ब्यापारिक,पर्यटन तथा बृहत साँस्कृतिक महोत्सव हुँदै

3998 Shares
Spread the love

काठमाडौं – राष्ट्रिय तामाङ घेदुङले काठमाडौ औद्योगिक, ब्यापारिक, पर्यटन तथा बृहत साँस्कृतिक महोत्सव २०७६ आयोजना गर्ने भएको छ ।

नेपाल मेला महोत्सव संघको व्यवस्थापनमा आज बैशाख १३ गते देखि २१ गते सम्म काठमाडौंको चुच्चेपाटी स्थित पासाङ ल्हामु ग्राउण्डमा आयोजना हुने महोत्सवको उद्घाटन उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलद्धारा गरिने भएको छ ।

विगत लामो समय देखि सामाजिक रुपमा तामाङ समुदायलाई सचेतना जगाउदै आएको नेपाल राष्ट्रिय तामाङ घेदुङले आफ्नो समुदायलाई व्यावसायिक रुपमा सशक्त र आर्थिक रुपमा सम्मृद्ध बनाउने उदेश्यका साथ आयोजना गरिने मेलामा तामाङ समुदायको मौलिक खाना, भेषभुषा र पुस्तकहरुको पनि विशेष प्रदर्शनी हुने घेदुङका महासचिव चुनावकुमार बलले जानकारी दिएका छन् ।

महोत्सवमा कृषि तथा हस्तकला प्रदर्शनी, विभिन्न ब्राण्डको मोबाईल तथा इलेक्ट्रोनिक्स सामानहरुको प्रर्दशनी, एशियाकै उत्कृष्ट वाल उद्यान प्रदर्शनी, बच्चाहरुको खेलौना प्रर्दशनी, साँस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी, सँगै राष्ट्रिय कलाकारहरुको बेजोड साँगितीक प्रस्तुतीका साथै चर्चित हास्य कलाकारहरुको हास्य प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । मेलाको उद्घाटन आज दिउसो २ बजे तय गरिएको छ ।
“हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो आफ्नै पहिचान, हाम्रो संस्कृति जर्गेना गर्ने नेपाल राष्ट्रिय तामाङ घेदुङको महाअभियान” भन्ने मुल नाराका साथ मेला आयोजना हुनलागेको हो भने मेला हरेक दिन विहान १० वजे देखि राती ८ वजे सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया