1261
Shares
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलित समूदायको छोरीलाई आफ्नै खर्चबाट बिहे गराएका छन् ।
सिरहाको कल्याणपुर, प्रसाहीका कुशे मल्लिकका छोरी राधा मल्लिकको बिहे उनले आफ्नै खर्चमा गराएका हुन् ।
कुशे मल्लिकको आर्थिक अवस्था कमजोर भएको कारण उनलाई आफ्नो छोरीको बिहे गर्नमा समस्या भइरहेको अवस्थामा मन्त्री मण्डलले बिहेको सम्पूर्ण खर्च मात्र व्यहोरेनन्, उनले अभिभावकको भूमिका पनि निर्वाह गरे ।
मंगलबार भएको विहेमा राज्यमन्त्री आफै जन्तीलाई स्वागत गरेका थिए । बिहेको सम्पूर्ण कार्यक्रमको अवलोकन नर्गुको साथै दुल्हा–दुल्हीलाई आशिर्वाद पनि दिएका थिए ।
उनको विहेमा राज्यमन्त्री यादवले एकलाख रुपैयाँ खर्च गरेका छन् ।
वडा नम्बर ३ का अध्यक्ष अशोक मण्डलले चार आना सुन दिएका छन् ।