२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

२५ खर्बका ३१ आयोजनाहरुमा विदेशी लगानीको आवेदन

1237 Shares
Spread the love

काठमाडौं– चैत १५ र १६ गते भएको लगानी सम्मेलनका क्रममा सरकारले पेस गरेका ७७ मध्ये ३१ आयोजनाका लागि विदेशी लगानीको आवेदन परेको छ।

लगानी बोर्डले आइतबार पत्रकार सम्मेलन गरेर ती ३१ आयोजनाका लागि २५ खर्ब बढीको लगानी गर्न आवेदन आएको जानकारी दिएको छ।

बोर्डका अनुसार कृषि, स्वास्थ्य तथा शिक्षा, ऊर्जा, उद्योग, यातायात र शहरी पूर्वाधारमा विदेशीले लगानीका लागि आवेदन दिएका हुन्।

कृषिका ५ परियोजनामा ७, स्वास्थ्य तथा शिक्षाका २ परियोजनामा २, ऊर्जाका ७ परियोजनामा ८, उद्योगको १ परियोजनामा १, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायातका ९ परियोजनामा २२ र शहरी विकासमा ४ परियोजनामा ५ आवेदन परेको बोर्डले जानकारी दिएको छ।

यीमध्ये २७ परियोजनाका विकासकर्ता तीन महिनाभित्र बोर्ड टुंगो लगाउने छ। लगानी सम्मेलनमा सरकारले ५० सरकारी र २७ निजी गरी ७७ परियोजनाहरू लगानीकर्तासामू पेस गरेको थियो।

केही दिनअघि बसेको बोर्ड बैठकले सम्मेलनमा भएका समझदारी र सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा ६ सदस्यीय समिति बनाएको थियो।

प्रतिक्रिया