२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण एपीएफको पोल्टामा

1853 Shares
Spread the love

काठमाडौं -आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण पदक सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । रुपन्देहीमा आज बिहान भएको लनटेनिस अन्तर्गत टिम ईभेन्टको फाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

आजै पुरुष सिंगल र महिला सिंगल तर्फका फाइनल प्रतियोगिता सुरु हुने छन् । दोस्रो दिन आज ७ खेलका विभिन्न इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । कपिलवस्तुमा कुस्तीको फाइनल चरणका खेलहरु जारी रहँदा दाङको घोराहीमा पुरुष बास्केटबल र बाँकेको नेपालगञ्जमा फेन्सिङका स्पर्धाहरु आज सुरु भएका छन् ।

महिला बास्केटबल भने घोराहीमा पर्सि मात्र सुरु हुनेछ । घोराहीमा टेवल टेनिस, बांकेमा हक्की र ललितपुरमा स्क्वाका स्पर्धाहरु जारी छन् । नेपलगञ्जमा बिहान भएको हक्की प्रतियोगिताको दोस्रो खेल विवादित बनेको छ । नेपाल आर्मी र प्रदेश नम्बर २ बीचको खेलमा बिवाद उत्पन्न भएको हो । खेल सकिनु भन्दा ५ मिनेट अघि सेनाका रोम रानाले प्रदेश नम्बर २ विरुद्ध १ गोल गरेका थिए । तर निर्णायकले फल गोललाई मान्यता दिएको भन्दै प्रदेश २ का खेलाडीले आपत्ति जनाए पछि विवाद भएको हो ।

निर्णायकले हक्की संघको नियमानुसार खेल अनुशासन तोडेको भन्दै प्रदेश नम्बर २ लाई कारबाही गर्ने भएको छ । यस अघि पहिलो खेलमा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ५–० ले पराजित गर्‍यो । कपिलवस्तुको वाणगंगामा जारी कुस्ती प्रतियोगितामा मध्यान्नबाट फाइनल चरणका खेलहरु भइरहेका छन् । हिजो पहिलो दिन ५४ वटा प्रतिस्पर्धा भएका थिए । ४ नम्बर बाहेकका बाँकी ६ वटा प्रदेश र ३ वटा विभागीय टोली सहभागी कुस्तीमा २० वटा स्वर्णका लागि एक सय बढी खेलाडि सहभागी छन् ।

टेवल टेनिसको महिला टिम इभेन्टको स्वर्ण पदकका लागि प्रहरी र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । पुरुष टिम इभेन्टको सेमिफाइनलमा आज प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरमा जारी स्क्वासको क्वार्टरफाइनलका स्पर्धाहरु आज हुनेछन् । नेपालगञ्जमा जारी हक्की प्रतियोगिताको पुरुष स्पर्धामा आज गण्डकी प्रदेशले पुलिस, आर्मीले प्रदेश २ र कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । हक्की अन्तर्गत महिलाका खेलहरु भने पर्सि मात्र सुरु हुनेछ ।

प्रतिक्रिया