11230
Shares
काठमाडौँ । नेपाली खानाको परिकारमा गुन्द्रुक सबैजसो नेपालीको प्रिय परिकार हो। नेपाली खानामा गुन्द्रुकको नाम आउने गर्छ । हाम्रो वरिपरि पाइने, मूला, फर्सी, साग आदीलाई छापेर राखेर गुन्द्रुक तयार गर्ने गरिन्छ ।
गुन्द्रुकलाई तरकारी र अचारको रुपमा समेत खान सकिन्छ। यहाँ गुन्द्रुकको स्वादिलो अचार बनाउने सजिलो तरिका प्रस्तुत गरिएको छ :
सामग्री :
गुन्द्रुक, हरियो प्याज, धनियाँ, सुकेको खुर्सानी, उसिनेको टमाटर
लसुन, अदुवा भुटेको जिरा, मेथी, नुन, बेसार तेल,
विधि :
गुन्द्रुकलाई पानी राखेर भिजाउने ।
सबै मसला खलमा राखेर पिस्ने ।
उसिनेर राखेको टमाटर पिस्ने ।
गुन्द्रुकलाई पानी निचोरेर खलमा राख्ने र थिच्ने ।
थिचेको गुन्द्रुकलाई भाँडोमा राख्ने र त्यसमाथि नुन बेसार, मसला, टमाटर सबै राख्ने ।
त्यसपछि तेल तताएर अचार झान्ने ।