809
Shares
एजेन्सी- युरोपमा लिग अन्तर्गत राउण्ड १६ को प्रिक्वाटरफाइनलमा बिहीबार राति भएको खेलमा घरेलुमैदानमा आर्सनलले रेन्सलाई ३-०ले हराउदै समग्रममा ४-३को गोलान्तरले जित हात पारेको छ । गत हप्ता फ्रान्समा आर्सनलको खराब प्रर्दशनका कारण रेन्नेसविरुद्ध ३-१को हार व्यहोरेको थियो ।
आर्सनलको जितमा पियर-एम्रिक अबामेयाङले दुई र एन्सेले मेटलल्याण्ड-नेइल्सले एक गोल गरे । खेलको ५ औँ मिनेटमा अबामेयाङले सुरुवाती गोल गर्दै आर्सनलले अग्रता बनायो । १५ औँ मिनेटमा नेइल्सले आर्सनलका लागि हेडिंगमार्फत दोस्रो गोल गर्दै दोब्बर अग्रता बनाए । पहिलो हाफमा गालरहित रेन्नेस दोस्रो हाफमा गोल रहित नै हुँदा आर्सनलले एक गोल गरेको हो ।
आर्सनलका अबामेयाङले ७२ औँ मिनेटमा आफ्नो दोस्रो र आर्सनलका लागि तेस्रो गोल गर्दै ३-१को जित बनाए ।