काठमाडौं । भारतीय राष्ट्रिय महिला फुटबल टोलीले पाँचौं महिला साफ च्याम्पीयनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । आज भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोलले पराजित गरेको हो ।
भारतले खेलको आठौँ मिनेटमा नै अग्रता लिएको थियो । भारतका लागि ग्रेस डाङमीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।
त्यस्तै खेलको १३ औँ मिनेटमा सन्धिया रङ्गनाथले भारतका लागि दोस्रो गोल गर्न सफल भइन् । आजको खेलमा भारतले माल्दिभ्सलाई दवावमा राखेको थियो । भारतका लागि खेलको २२ औ मिनेटमा ईन्दुमती काथिरसेनले गोल गर्दै अग्रता ३–० बनाइन् ।
त्यसपछि खेलको २७ औ मिनेटमा सञ्जुले गोल गर्दै भारलाई ४–० को अग्रता दिलाइन् । निकैनै आक्रामक देखिएको खेलको पहिलो हाफको इन्ज्यूरी समयमा भारतीय खेलाडी रत्नबला देबीले गोल गर्दै पहिलो हाफमा ५–० गोलको अग्रता दिलाइन् ।
पहिलो हाफमा ५–० गोलको अग्रता बनाएको भारतका लागि खेलको अन्तिम मिनेटमा सञ्जुले गोल गर्न सफल भइन् ।