काठमाडौँ । अब नेपालमा सामाजिक सञ्जालमा जथाभावी लेखेर पोष्ट गर्नेलाई ५ वर्षको कैद र १५ लाख रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ।
नयाँ प्रस्ताव गरिएको कानुन अनुसार कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था छन्, जुन उल्लंघन गरेमा ५ वर्षको कैद वा १५ लाख जरिवाना हुने भएको हो।
सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्ष्ट्राग्राम आदि) मा बिक्री वितरण गर्न रोक लगाएको सामाग्रीको विज्ञापन प्रकाशन, प्रसारण गर्नसमेत रोक लगाएको छ।
त्यस्तैगरी देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, संघीय इकाईबीचको सम्बन्धन खलल पार्ने, जातीय, धार्मिक, साम्प्रदायिक र अन्य कुनै आधारमा घृणा हुने कुरा पनि सामाजिक सञ्जालमा राख्न नपाउने व्यवस्था गरेको छ।
विधेकमा समेट्टिएका केही अंश
.jpg)
.jpg)
कान्तिपुर दैनिकको सहयोगमा