शनिवार, २०८३ मंसिर ५
EN
मेनु

भारत ‘ए’ सँग नेपालको लज्जास्पद हार

भारत ‘ए’ सँग नेपालको लज्जास्पद हार

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ।
  • शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो।
  • नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ ।

शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै २६ रनमा अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर देखिएको खेलमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।

भारतका प्रिन्स यादवले ५ विकेट लिए । त्यस्तै, हर्षित रानाले ४ तथा शाहबाज अहमदले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ए ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।

भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ्स खेले । कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । त्यस्तै, सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोड्दा वैभव सूर्यवंशीले २६ रन बनाए ।

४२ रनमा ३ विकेट गुमाएको भारतलाई कुशाग्र र तिलकले सम्हालेका थिए । उनीहरूले चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा पुर्‍याए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले एक विकेट हात पारे ।

भारतसँगको हारसँगै नेपालको राइजिङ स्टार्स एसिया कप यात्रा निराशाजनक बनेको छ । नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ