शनिवार, २०८३ मंसिर ५
EN
मेनु

राखेपले फुकुवा गर्‍यो एन्फामाथिको निलम्बन

राखेपले फुकुवा गर्‍यो एन्फामाथिको निलम्बन

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ।
  • राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो।
  • एन्फाले गत चैत २३ गते निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो।

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ ।

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षरसहित एन्फालाई पठाइएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार प्रतिबन्ध हटाइएको उल्लेख छ ।

एन्फाले गत चैत २३ गते निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो । निर्णयबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खेलकुद मन्त्रालयसहित अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ ।

image-81.png

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ