काठमाडौं । कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ अन्तर्गतको उक्त खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाली टोलीका लागि भारत ‘ए’ विरुद्धको खेल समूह चरणको महत्वपूर्ण परीक्षा हुनेछ। भारत ‘ए’ मा अन्तर्राष्ट्रिय क्रिकेट तथा इन्डियन प्रिमियर लिग (आईपीएल) को अनुभव बटुलेका खेलाडी रहेकाले नेपालका लागि चुनौती सहज हुने छैन।
भारत ‘ए’ मा स्टार खेलाडीको बाहुल्यता
तिलक वर्माको कप्तानीमा रहेको भारत ‘ए’ टोलीमा रिंकु सिंह, अभिषेक शर्मा र युवा ब्याटर वैभव सूर्यवंशीजस्ता चर्चित खेलाडी समावेश छन्।
त्यसैगरी उपकप्तान राजत पाटीदार, विकेटकिपर प्रभसिमरन सिंह र कुमार कुशाग्र टोलीमा छन्। अलराउन्डरतर्फ सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन छन्। बलिङमा हर्षित राणा, प्रिन्स यादव र अर्शद खान भारतका मुख्य विकल्प हुन्।
अनुभवी तथा आक्रामक ब्याटरको उपस्थितिले भारत ‘ए’ लाई बलियो प्रतिस्पर्धी बनाएको छ।
सन्दीपको नेतृत्वमा नेपाली टोली
नेपालले प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीमा सन्दीपसँगै कुशल भुर्तेल, देव खनाल, लोकेश बम, पवन सर्राफ, सन्दीप जोरा, दीपक डुम्रे, अर्जुन कुमाल, ईशान पाण्डे, राशिद खान, बसिर अहमद, अभिषेक गौतम, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी रहेका छन्।
अनुभवी खेलाडी तथा युवा प्रतिभाको मिश्रण रहेको नेपाली टोलीले भारत ‘ए’ विरुद्ध ब्याटिङ र बलिङ दुवै क्षेत्रमा अनुशासित प्रदर्शन गर्नुपर्नेछ।
समूह ‘बी’ मा नेपालसँग भारत, पाकिस्तान र यूएई
आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।
नेपालको समूह चरणको खेलतालिका:
-
नोभेम्बर २०: नेपाल विरुद्ध भारत ‘ए’
-
नोभेम्बर २२: नेपाल विरुद्ध यूएई
-
नोभेम्बर २४: नेपाल विरुद्ध पाकिस्तान ‘ए’
आजै समूह ‘बी’ को अर्को खेलमा पाकिस्तान ‘ए’ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुने तालिका छ।
प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन्। दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ। नेपालका लागि भारत ‘ए’ विरुद्धको नतिजाले समूह चरणको यात्रामा महत्वपूर्ण प्रभाव पार्न सक्छ। त्यसैले सन्दीपको कप्तानीमा नेपाली टोलीले बलियो प्रतिद्वन्द्वीविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्नेमा नेपाली क्रिकेटप्रेमीको ध्यान केन्द्रित भएको छ। सेमिफाइनल पुग्न शीर्ष दुईमा पर्नुपर्ने