मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ।
  • चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ।
  • स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य सङ्क्रामक रोग हो।

तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा सङ्क्रमण देखिएको छ ।

भिमाद नगरपालिकामा २३ जनामा सङ्क्रमण पुष्टि हुँदा शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

स्थानीय तहअनुसारको विवरण हेर्दा आँबुखैरेनीमा मात्रै कुल सङ्क्रमितको करिब ३४।८ प्रतिशत अर्थात् झन्डै एक तिहाइ सङ्क्रमित भेटिएका छन् । स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य सङ्क्रामक रोग हो । खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने वा समय बिताउने व्यक्तिमा यसको जोखिम रहने सूचना अधिकारी कँडेलले बताए ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ