मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६३२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६३२ चालक कारबाहीमा

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको अनुगमन तथा जाँचका क्रममा विभिन्न कसूरमा संलग्न चालकहरूलाई कारबाहीको दायरामा ल्याइएको हो।
  • जसमा मादक पदार्थ सेवन गरेर (मापसे) सवारीसाधन चलाउने ६१ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६३२ जना सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।

मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको अनुगमन तथा जाँचका क्रममा विभिन्न कसूरमा संलग्न चालकहरूलाई कारबाहीको दायरामा ल्याइएको हो। जसमा मादक पदार्थ सेवन गरेर (मापसे) सवारीसाधन चलाउने ६१ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, ट्राफिक नियम विपरीत तीव्र गतिमा सवारी चलाउने ११४ जना, सडकमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी गर्दा नियम उल्लङ्घन गर्ने फेला परेका ४३ जना तथा ट्राफिक लाइटको रातोबत्तीको बेवास्ता गर्ने ३५ जना चालकलाई कारबाही गरिएको छ।

त्यस्तै, निषेध गरिएको स्थानमा अनावश्यक रूपमा हर्न बजाउने ६ जना, अवस्था ठीक नभएका र मर्मत नगरिएका सवारीसाधन चलाउने २१ जना तथा अन्य विविध कसूरमा ट्राफिक नियम उल्लंघन गर्ने ३४४ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सडक सुरक्षालाई व्यवस्थित बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाभरि यस्तो नियमित तथा विशेष जाँच अभियानलाई थप कडा पारिएको ट्राफिक प्रहरीले स्पष्ट पारेको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ