मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

प्रधानमन्त्रीका नाममा सबैलाई आतङ्कित बनाउन खोजियो : एमाले

प्रधानमन्त्रीका नाममा सबैलाई आतङ्कित बनाउन खोजियो : एमाले

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिएको बताएका छन्।
  • उनले इनम सापकोटा प्रकरणमा राज्यको असम्भावित हस्तक्षेप समेत देखिएको उल्लेख गरे ।
  • लोकतन्त्रमा जनता सार्वभौम हुने भएपनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुन नसकेको उनले आरोप लगाए।

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिएको बताएका छन् । 

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी नदेखिएको र थप रहस्यपूर्ण देखिएको बताएका हुन् । उनले इनम सापकोटा प्रकरणमा राज्यको असम्भावित हस्तक्षेप समेत देखिएको उल्लेख गरे  ।

पछिल्लो समय प्रधानमन्त्रीका नाममा सबै क्षेत्रलाई आतङ्कित बनाउन खाजेको र प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको कुरा पनि बाहिर आएको बताए ।

लोकतन्त्रमा जनता सार्वभौम हुने भएपनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुन नसकेको उनले आरोप लगाए । 

महासचिव पोखरेलले दलको नेता भए पनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीका वरिष्ठ नेता भए पनि पार्टीका बैठकमा नजाने र राजनीतिक दलहरूसँग संवाद नगर्ने परिदृश्य देखिएको धारणा राखे । 

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ