मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • नोभेम्बर १९ देखि कतारमा सुरु हुने प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।
  • टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका छन् ।
  • नेपालले प्रतियोगितामा समूह चरणका तीन खेलमार्फत अर्को चरणमा पुग्ने लक्ष्य राखेको छ।

काठमाडौँ– एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ ।

नोभेम्बर १९ देखि कतारमा सुरु हुने प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका छन् 

कप्तान लामिछानेसहित टोलीमा लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन् ।

प्रतियोगिताको समूह चरणमा नेपालले नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतियोगितामा समूह चरणका तीन खेलमार्फत अर्को चरणमा पुग्ने लक्ष्य राखेको छ ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ