मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास

अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • प्राप्त जानकारीअनुसार साथीभाइको दबाब र गलत सङ्गतका कारण ती युवा लागुऔषध दुर्व्यसनमा फसेका थिए।
  • मल्लको टोलीले उनलाई कोठा सार्न सहयोग गर्नुका साथै वेलफेयर सेवासँग जोड्ने, चिकित्सकीय परामर्श उपलब्ध गराउने र कलेज भर्नाका लागि समेत पहल गरेको छ।
  • नेपाल न्यूज बैंकसँग कुरा गर्दै एनआरएनए एसीटी संयोजक मल्लले युवालाई सहयोग गर्न नेपाली दूतावासलगायत विभिन्न निकायसँग समन्वय भइरहेको बताए।

काठमाडौं । अस्ट्रेलियामा लागुऔषध दुर्व्यसनमा फसेर घरबारविहीन भएका २२ वर्षीय नेपाली युवालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको एसीटी टोलीले सहयोग गरेको छ।घरबाट बाहिरिएपछि सडकमा पुगेका ती युवालाई एनआरएनए एसीटीका संयोजक ललित मल्ल र उनको टोलीले उद्धार गरी सुरक्षित आवासको व्यवस्था गर्नेदेखि चिकित्सकीय सहयोग, दुर्व्यसनसम्बन्धी परामर्श र पुनःस्थापनाका लागि पहल गरेको हो।

प्राप्त जानकारीअनुसार साथीभाइको दबाब र गलत सङ्गतका कारण ती युवा लागुऔषध दुर्व्यसनमा फसेका थिए। घरको सरसफाइ तथा व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेपछि उनी घरबाट बाहिरिएका थिए। टोलीले उनलाई सडकमा अलपत्र अवस्थामा भेटेको थियो।

मल्लको टोलीले उनलाई कोठा सार्न सहयोग गर्नुका साथै वेलफेयर सेवासँग जोड्ने, चिकित्सकीय परामर्श उपलब्ध गराउने र कलेज भर्नाका लागि समेत पहल गरेको छ। एनआरएनएको वेलफेयर फन्ड तथा टोलीका सदस्यहरूको व्यक्तिगत सहयोगबाट आर्थिक सहायता पनि जुटाइएको छ।

कलेज भर्ना भए पनि उनी अझै दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। लागुऔषध प्रयोग गर्ने साथीहरूको सङ्गतबाट टाढिन नसक्दा सामान्य जीवनमा फर्कन कठिन भइरहेको छ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै एनआरएनए एसीटी संयोजक मल्लले युवालाई सहयोग गर्न नेपाली दूतावासलगायत विभिन्न निकायसँग समन्वय भइरहेको बताए। उनका अभिभावकले छोरालाई नेपाल फर्काइदिन आग्रह गरेका छन् भने ती युवाले पनि आवश्यक प्रक्रिया पूरा गरी पुनः अस्ट्रेलिया फर्कन मिल्ने भिसाको व्यवस्था गर्न सहयोग मागेका छन्।

मल्लका अनुसार अस्ट्रेलियामा नेपाली समुदायभित्र लागुऔषध तथा मदिरा दुर्व्यसन, जुवातास, घरेलु हिंसा, आत्महत्याको जोखिम र घरबारविहीनताजस्ता समस्या पनि देखिन थालेका छन्।

यस्ता समस्यामा परेका युवालाई दोष दिनेभन्दा समयमै पहिचान गरी उपचार, परामर्श र पुनःस्थापनामा सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ