मन्दिप केसी, लण्डन । बेलायतमा नेपालीहरुको बसोबास गर्ने क्रम बढ्दो छ। बेलायतमा सन् २०२१ मार्च महिनामा हुन लागेको जनगणनामा एशीयन मात्र नभएर बेलायतमा बसोबास गर्ने नेपालीहरुलाई नेपाली क्याटागोरीमा राख्न बेलायती सरकारलाई अनुरोध गर्न अल्डरसटमा छलफल भएको थियो ।
सो जनगणना गर्ने अभियानमा नेपाली भनेर राख्न युके नेपाल फेलोसीपका अध्यक्ष आलान सान्का र एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीसंग बेलायतमा बसेको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।
यस कार्यक्रमलाइ थप प्रभावकारी बनाउन ज्ञापनपत्र सहित बेलायतको प्रधानमन्त्री टेरीसा मेको निबासमा यहि आउदो ५ डिसेम्बर २०१८ को दिन ११ बजे जाने कार्यक्रम रहेको कुरा एनआरएन युकेका महासचीव आरके त्रिपाठीले जानकारी दिएका थिए ।
एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले जारी गरेका विज्ञप्ति :
बेलायतमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा अनुरोध !
भोली बुधबार ५ डिसेम्बर २०१८ को दिन ठिक १:४५ (१ बजे हाम्रो लागि) बजे बेलायतको प्रधानमन्त्रीको निबास 10 Downing Street मा २०२१ मार्च महिना मा बेलायतमा हुन् गै रहेको राष्ट्रिय जनगणनामा नेपाली पनि अंकित/दर्ता गरि पाउ भनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हुदा यहा हरुको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
यस कार्यक्रममा यहाहरुको पनि सहभागिता जनाई सहयोग गरिदिन बिनम्र अनुरोध गर्दछु । यो बेलायत बासी सम्पूर्ण नेपाली हरुको हितको लागी कार्यक्रम भएको हुदा यहा हरुले प्रतिनिधि गर्ने सस्थाको नाम, अध्यक्ष तथा प्रतिनिधि को नाम, इमेल र सम्पर्क नम्बर सहित हामि लाइ इनबक्स मा वा yog6798phagami@gmail वा [email protected] मा ईमेल गरि पठाइ दिन हुन् अनुरोध पनि गर्दछौ / आसा छ यस कार्यक्रम प्रति मनन गरि यहाँ हरुको उपस्थितिले हामि लाइ थप प्रेणा मिल्ने छ भन्दै भोलि भेट्ने आसा गर्दछौ ।
उपस्थितिको लागि पोशाक अनिबार्य रुपमा तोकिएको नभएता पनि नेपाली (दौरा सुरवाल) वा सुट पुरुष र सारी महिला हरुलाई सुझाब गरिएको छ भने गोर्खा पोषाक को सम्बन्धित व्यक्ति लाइ नै तोकिएको छ / सो कार्यक्रम मा अल्डरसट का MP लगायत Rushmoor Borough काउन्सिल लिडर, UKNFS Chairman को बिशेष भूमिका रहने छ / हाल सम्म पिटरबोरो, वेल्स र मिडल्याण्ड देखि सहभागिता हुने जानकारी प्राप्त भैसकेको छ ।