२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

हलिउड अभिनेता दौरा सुरुवालमा

1362 Shares
Spread the love

पछिल्लो समय नेपाली गीत र फिल्माको सुटिङ बिदेशमा हुने क्रम निकै बढ्दो छ । यो एक प्रकारले फेसन जस्तै बनिरहेको छ । तर बिदेशी फिल्महरु भने नेपालमा भटाभट सुटिङ भईरहेका छन् । प्राकृतिक सुन्दरतालाई कैद गर्न पनि बिदेशी फिल्महरु नेपालमा सुट हुँदै आएका छन् ।

यतिबेला चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल भ्रमणमा रहेका छन् । उनी ‘द स्टोरी अफ गड’ नामक डकुमेन्ट्रीको छायांकनका लागि नेपाल आईपुगेका हुन् । संसार भरका मानिसहरुको धर्म, आस्था र भगवानबारे धारणालाइै कैद गर्न उनी नेपाल आएका हुन् । हिजोमात्र उनी काठमाडौँमा रहेका सम्पदाहरुको अवलोकन गरेका छन् ।

नेपाली पोशाक दौरा सुरुवालमा देखिएका उनले नेपालको सौन्दर्यताको प्रशंसा गरेका छन् । नेपालीहरुले पछिल्लो समय आफनो परम्परागत पोशाकहरु हराउँदै गईरहेको अवस्थामा बिदेशी कलाकारहरुले यी पोशाकहरु लगाउँदा यसलाई अर्थपुर्ण तरिकाले हेर्ने गरिएको छ ।

प्रतिक्रिया