२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

क्याट यूकेले आपतकालिन राहत कोषका लागि उठायो २२ हजार तीन सय पाउण्ड

837 Shares
Spread the love

लन्डन। चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्थाका रुपमा परिचित क्याट यूकेले आइतबार साउथ ह्यारोमा  च्यारिटी गरि आपतकालिन राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्य / एनआरएन युकेका उपाध्यक्षद्वय शेर सुनार

कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गएको १४ वर्षदेखि मानवीय कामहरुमा सघाउँदै आएकोमा क्याट युकेको प्रशंसा गरे। उनले अक्षयकोषलाई व्यवस्थित गरी पारदर्शी हिसाबले त्यसलाई सन्चालन गर्न सुझाव पनि दिए ।

क्याट युकेका अध्यक्ष देवेन्द्र श्रेष्ठ

क्याट युकेका अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष यादव श्रेष्ठले संस्थाले अहिलेसम्म गरेका कल्याणकारी कामहरुको विवरण प्रस्तुत गरेका थिए। एनआरएन युकेका उपाध्यक्षद्वय शेर सुनार तथा पुनम गुरुङ , काउन्सिलर लक्ष्य गुरुङ,  पत्रकार महासंघ युकेका महा-सचिव संजय भक्त कंडेल ,समाजसेवी गायत्री श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना दिएका थिए ।

एनआरएन युकेका उपाध्यक्षद्वय शेर सुनार

क्याट यूकेका सल्लाहकार तथा च्यारिटी संयोजक शान्ताविनोद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा क्याट यूकेकी सदस्य भगवती रानाभाटले स्वागत मन्तव्य राखेकी थिइन् । च्यारिटी संयोजक लामिछानेले स्टेजमा बोलाउंदै रकम घोषणा गर्न लगाएका थिए । सो क्रममा सबैभन्दा बढि चितवनकै व्यवसायी तथा समाजसेवी राजु आचार्यले एक हजार एक सय ११ पाउण्ड सहयोग घोषणा गरेका थिए ।

राजु आचार्यले एक हजार एक सय ११ पाउण्ड सहयोग घोषणा गरेका थिए ।

कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले अमेरिकी राष्ट्रपति ट्रम्पको नक्कल गरेर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै गायिका सरिता गुरुङले चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन्।

गायिका सरिता गुरुङ
हास्य कलाकार मनोज गजुरेल

प्रतिक्रिया