२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

मलेसियामा एक नेपालीको दुर्घटनामा परि मृत्यु

2069 Shares
Spread the love

मलेसियाको पेनाङ राज्यको कुलिममा आइतबार राति सवारी दुर्घटनामा सुरेश केसीको मृत्यु भएको छ ।

केसी पछिल्लो १४ वर्षदेखि मलेसियामा थिए । बर्दियाको राजापुर घर भएका केसी मलेसियाको ईपो, ताईपिङ तथा पेनाङमा कार्यरत थिए । केसी जनप्रगतिशील श्रमिक मोर्चा मलेसियाका संस्थापक सदस्य थिए । साइकलमा यात्रा गरिरहँदा सवारी साधनले ठक्कर दिएर केसीको मृत्यु भएको बताइन्छ ।

यता, अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी भेल शहरमा ग्यास स्टेसनमा कार्यरत नवलपरासीका २४ वर्षीय गणेश तिवारीले आत्महत्या गरेका छन् । उनी लामो समयदेखि निरासा प्रकट गर्थे, पहिलापनि आत्महत्याको प्रयास गरिरहेको बताउँथे, यसपटक साथीभाइलाई भनेरै आत्महत्या गरेका छन् ।

प्रतिक्रिया