निर्मला को न्यायका लागि बागलुङका महिलाहरु सडकको चिसो भुईमा १ घण्टा सुतेर विरोध प्रर्दशन गरेका छन् केही समयता भएका हत्या र बलातत्कारका घटनाबाट पीडितहरुलाई न्याय माग्दै बागलुङका महिलाहरुले सडकमा सुतेर प्रदर्शन गरेका हुन् । नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले सडकमा लम्पसार भएर प्रदर्शन गरेका हुन् ।उनीहरुले कञ्चनपुरकी किशोरी निर्मला पन्त, बागलुङकी रुपा गौतम र बागलुङकै ढोरपाटन नगरपालिका(१ बुर्तिबाङका संगीन जिसीका परिवारलाई न्याय दिन माग गर्दै बागलुङ बजारको लोकतान्त्रिक चोकमा सुतेर प्रदर्शन गरेका हुन् ।
सडकमा सुतेका उनीहरुले निधारमा कालो पट्टी बाँधेर ुसंविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदेु, ुसरकार भेटियो न्याय भेटिएनु लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले दिनदिनै बलत्कार र हिंसाका घटना बढिरहेको अवस्थामा सरकार मौन बस्नु दुखद भएको बताए । प्रदर्शनमा उत्रिएकाले सरकारले प्रजातान्त्रिक मूल्य मान्यता भुल्दै अघि बढेको पनि गुनासो गरे ।