२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

अस्ट्रेलियाका राजदूत शेर्पामाथि कारवाही गर्न नेकपाका नेताहरुको माग

631 Shares
Spread the love

मंसिर १६अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप लागेपछि उनलाई बर्खास्त गर्न सत्तारुढ कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले माग गरेका छन् न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँ नामक कार्यक्रममा भिडियो कलमाफर्त अस्ट्रेलियामा बस्दै आएका वाङ्छु शेर्पाले राजदुतमाथि मानव तस्करीको आरोप लगाएपछि यस्तो माग उठेको वाङ्छु शेर्पाले आफु राजदूत मिलेर नै अष्ट्रलियामा मान्छे पठाउँदै आएको तर अहिले आफुलाई मात्र फसाएको अभिव्यक्ति दिएका छन्

यो प्रकरणले यतिबेला आलोचना खेपिरहेको छ । यसबीचमा यस घटनाले कुटनितीक क्षेत्रमा लज्जित बनाएको भन्दै नेकपाका केन्दि«य सदस्य बिष्णु रिजालले राजदूत शेर्पामाथि कारवाही गर्न माग गरेका छन् ।उनले शेर्पालाई बर्खास्त गर्नु पर्नेब ताएका छन् । उनी लख्छिन् “कुटनीतिक क्षेत्रसँग पूर्णतस् असम्बन्धित उनलाई त के मतलब तर यस घटनाले देशलाई कुटनीतिक बृत्तमा लज्जित बनाएको छ । उनलाई तुरून्त बर्खास्त गरी क़ानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ” ।

“विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारीलागायत बर्खास्त भएको इतिहास सरकारले सम्झोस्” । यसैगरी अर्का नेता युवराज चौलागाइले पनि राजदूत शेर्पाको हर्कतले नेपालको शिर झुकेको भन्दै कारवाही गर्न माग गरे । उनी लेख्छिन् “राजदूत मुलुकको दूत हो । नेपालका एक राजदूतका बारेमा मानव तस्करीको संगीन आरोप लागेको छ जसका कारण अन्तर्राष्ट्रीय समुदाय सामु मुलुकको शीर झुकेको छ ।नेकपाको समेत शिफारिशमा त्यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको व्यक्तिबाट त्यसखालको आपत्तिजनक काम भएको सुन्दा हामी लज्जित भएका छौं । नेकपा र नेपाल सरकारले यस परिघटनालाई अत्यन्त गंभीरता पूर्वक लिई छानबीन गर्नु पर्छ र पदको दुरुपयोग गर्ने माथि कडा कारबाही गर्नु पर्दछ” ।

उता राजदूत शेर्पामाथि यस्तो संघिन आरोप लागेपछि भने दुतावासले विज्ञप्ती जारी गर्दे आपत्ति जनाएको छ । उसले वाङ्छु शेर्पा सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासबाट बहुमूल्य सामान चोरेर फरार रहेको र यस्ता व्यक्तिको भनाईप्रति विश्वास नगर्न आग्रह गरिएको छ ।

अस्ट्रेलियाका राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप

मंसिर १५ – अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई मानव तस्करीको आरोप लागेको छ । न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँ नामक कार्यक्रममा भिडियो कलमाफर्त अस्ट्रेलियामा बस्दै आएका वाङ्छु शेर्पाले राजदुतमाथि यस्तो आरोप लगाएका थिए । उनले राजदूत  शेर्पाले लाखौँ पैसा लिएर मानव तस्करी गरेको र आफु र आफनो श्रीमतीलाई समेत फसाई जेल हालेको आरोप लगाएका थिए ।

उता नेपाली राजदूतावासले भने शेर्पाविरूद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झुठो आरोप लगाई छबीमा दाग लगाउँन खोजेको भन्दै स्वष्टीकरण दिएको छ । क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उनको परिवारविरूद्ध झुठो आरोप लगाएर बदनाम गर्न खोजेको उल्लेख गरिएको छ ।

विज्ञप्ती अनुसार वाङ्छु शेर्पा सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासबाट बहुमूल्य सामान चोरेर फरार रहेका छन् । राजदूतावासमा कार्यरत वाङ्छु सामान चोरेर भागेपछि नेपाल सरकार र परराष्ट्र अनि अस्ट्रेलियाको सम्बन्धित निकायमा पनि धेरै पहिले अवगत गराएपछि उनको खोजी कार्य भैरहेको नेपाली राजदूतावासले जनाएको छ।

वाङ्छुले लगाएको आरोप  भ्रामक र कपोकल्पित बयान प्रति विश्वास नगर्न आग्रह गरिएको छ । उता राजदूत शेर्पाले पनि वाङ्छुको भनाईको कडा शब्दमा खण्डन गर्दे आफु नै लुकीलुकी ग्रैहकानुनीरुपमा हिड्नेको आरोपमा कुनै सत्यता नभएको बताएकीछिन् । निज वाङ्छुमाथि सिंगापुरमा पनि केही व्यक्तिलाई ठगी गरेको र नेपालमै पनि लेनदेनमा बदमासी गरेको आरोप लगाईएको छ ।

प्रतिक्रिया