२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

मदर मुनको आर्शिवाद लिन प्रधानमन्त्री दम्पत्ती नजाने , क्रिश्चियन कार्यक्रम भन्नेपछि अधिकांश झस्किए

1329 Shares
Spread the love

मंसिर १६हिजोबाट नेपालमा सुरु भएको बिवादित एसिया प्यासिफिक समिटमा आज मदर मुनको रुपमा क्रिश्चियनहरुले पुज्दै आएकी यूपिएफकी प्रमुख हक जा हानले सय जोडीलाई पवित्र जल छर्केर आर्शिवादब्लेसिङदिने कार्यक्रम जहाँ प्रधानमन्त्री ओली दम्पत्तीदेखि लिएर मन्त्री तथा मेयरका दम्पत्ती जोडीहरुलाई निम्तो पठाईएको

समिटको बाहानामा नेपालमा क्रिश्चियन धर्मको प्रचार गरिरहेको र त्यसमा सरकार पनि सहभागी भएपछि यसको चौतर्फी आलोचना भईरहेको छ । यसबीचमा आलोचना र बिवाद धेरै बढेपछि मदर मुनबाट आर्शिवाद लिन प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्य भने सहभागी नहुने बताईएको छ ।

प्रधानमन्त्रीको निजीपरराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री दम्पतीले मदर मुनसंग आर्शिवाद लिने कार्यक्रम नरहेको बताएका छन् । उनले भने ‘प्रधानमन्त्रीज्यूले आइतबार साढे ४ बजे गुड गभर्नेन्सको सेसनमा सम्वोधन गर्ने कार्यक्रम छ र ब्लेसिङ लिने कुरा गलत हो’ । उता मदर मुनले प्रधानमन्त्रीलाई ‘गुड गभर्नेन्स अवार्ड’ दिने कार्यक्रम भएका छन् ।

जुन अवार्ड लिन भने प्रधानमन्त्री सरिक हुने बताईएको छ । बुझिए अनुसार आयोजकले सोही क्रममा प्रधानमन्त्रीलाई मदर मुनबाट आर्शिवाद दिने कार्यक्रम पनि राखेको छ। पुरानो सेड्यूलमा साढे ४ बजे प्रधानमन्त्री दम्पतीलगायत पाँच सय जोडीले माताबाट ब्लेसिङ लिने उल्लेख थियो । प्रधानमन्त्री नै सहभागी नहुने भएपछि आयोजक निराश बनेको बुझिएको छ ।

उता निम्ता पाएका कतिपय मेयरहरुले कार्यक्रम क्रिश्चियन कार्यक्रम रहेको बुझेपछि आर्शिवाद लिन नजाने मनस्थिती बनाएका छन् । यसैबीच काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पनि आफुलाई निम्तो आएको तर कार्यक्रममा उपस्थित नहुने जनाएका छन् ।

प्रतिक्रिया