२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

एसिया प्यासिफिक समिट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा बहिष्कार

1371 Shares
Spread the love

काठमाडाैं । आजदेखि राजधानीमा सुरु भएको एसिया प्यासिपिक समिट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले विवादित कार्यक्रममा गएर देशमा धार्मिक द्वन्द्ध फैलाउने काम नगर्न सरकारलाई सचेत गराएको छ । समिटमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरिएपनि कुनै अमुक धर्मको प्रचार हुने कार्यक्रममा आफू नजाने भनेर ठाडै अस्विकार गरि दिएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

कांग्रेसले भनेको छ, सरकार आगोले डामेको साढेँजस्तै बनेको छ । काम गर्न नसकेपछि कहिले कता कहिले कता गरेर अलमलिदै छ । एनजिओको कार्यक्रममा अनावश्यक तामझाम गर्दैछ । यसले सरकारको पतन अवश्य छ । कांग्रेसले आफना कार्यकर्तालाई देशको रक्षाका खातिर कटिबद्ध भएर लाग्न समेत अनुरोध गरेको छ । भने कुनै अमुक धर्मको प्रचारमा नलाग्न समेत आग्रह गरेको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले भने तछाडमछाड गर्दै मञ्चमा पुगेर कुर्लेका छन् । क्रिस्चियन धर्म प्रचारको आरोप खेप्दै आएको संस्थाको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको चाैतर्फी आलोचना भएपछि आफनो बचाउ गर्दै अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताए ।

नेपालका पूर्व प्रधानमन्त्रीहरुहरुले समेत कार्यक्रम बहिष्कार गरेका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राई र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले समिटको बहिष्कार गरेका हुन् ।

युनिभर्सल पिस फेडेरेसन नामक संस्थाको नेपाल शाखाले आयोजना गरेको यो समिट आयोजना हुने भनिएकै दिनदेखि विवादमा फसेको थियो । एनजिओको कार्यक्रममा सरकार सह-आयोजक बनेपछि चरम उत्कर्षमा पुगेको विवादमा प्रधानमन्त्री ओलीको बास नै सोल्टी होटलमा हुन थालेदेखि झनै चुलिएको हो । विदेशी पाहुनालाई स्वागत तथा आवागमन सहज बनाउने भन्दै लागु गरिएको जोर-वजोर प्रणाली समेत जनस्तरबाट विरोध भएपछि हटाइएको थियो ।

प्रतिक्रिया