लन्डन । आउँदो आइतबार डिसेम्बर दुई मा ह्यारो फुटबल क्लब ह्यारोमा साँझ पाँच बजेदेखि हुन लागेको क्याट यूकेको च्यारिटी कार्यक्रममा उपस्थित दर्शकलाई मनोरञ्जन गराउँन चर्चित हास्य तथा ब्यङ्गकार मनोज गजुरेल आउने भएका छन ।
चितवन निवासी प्रसिद्ध गायिका सरिता गुरुङ्ग कार्यक्रमको थप आर्कषण हुने छिन । गजुरेल र सरिताको कला मिश्रणले कार्यकमलाई अझै मनोरञ्जन पूर्ण बनाउँनेछ , आयोजकले विश्वाश गरेको छ ।
ह्यारो फुटबल क्लवमा आयोजना हुन लागेको च्यारिटी डिनरमा चितवनबासीको सहयोग र साथले आशा गरे भन्दा बढि कार्यक्रम व्यवस्थित र अर्थपूर्ण हुने आयोजकले व्यक्त गरेको छ ।
क्याट यूकेका अध्यक्ष देवेन्द्र श्रेष्ठ, महासचिव राजेन्द सुवेदी तथा क्याट युकेका च्यारिटी डिनरका संयोजक शान्तविनोद लामिछानेका अनुसार क्याट यूकेको च्यारिटी डिनरका सम्पूर्ण आवश्यकिय तयारी पूरा भएको छ ।
चितवनबासीको माया , साथ र सहयोगले संस्थाको उद्देश्य पूर्ण सफल रहने आयोजकले जनाएको हो । संस्थाले जम्मा गरेको पैसा नेपालमा शिक्षा, स्वास्थ्य जस्ता मानविय आधारभूत आवश्यकता तथा प्राकृतिक प्रकोपबाट नाजुक अवस्थामा पुगेका वा पिछ्डिएका समुदायमा खर्च गर्ने गरेको छ ।क्याट यूके बेलायतमा बसोबास गरिरहेका चितवनबासी नेपालीहरुको साझा अनि लोकप्रिय संस्था हो ।