२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

हलिउड अभिनेता सुटुक्क नेपालमा

1216 Shares
Spread the love

चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल भ्रमणमा रहेका छन् । उनी ‘द स्टोरी अफ गड’ नामक डकुमेन्ट्रीको छायांकनका लागि नेपाल आईपुगेका हुन् । जसमा संसार भरका मानिसहरुको धर्म, आस्था र भगवानबारे धारणा बुझनु नै रहेको नेसनल जियोग्राफिकको वेबसाइटमा उल्लेख छ ।

फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो ट्वीटर ह्याण्डलमार्फत् सार्वजनिक गरेको छ। यी चर्चित ८१ वर्षीय फ्रिम्यानले अभिनेताले इन्भिक्टस फिल्ममा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भुमिकामा समेत गरिसकेका छन् । जुन फिल्मबाट उनी निकै लोकप्रियता कमाएका थिए ।

उनी नेपाल भने सुटुक्क आईपुगेका हुन् । ८१ वर्षीय फ्रिम्यानले आफनो अभिनय यात्रामा सस्याङ्क रिडेम्प्सन, मिलियन डलर बेबी र ड्राइभिङ मिस डेजीलगायतमा काम गरेका छन् । सन् २००४ मा मिलियन डलर बेबीबाट सपोर्टिङ एक्टरको रुपमा अस्कर अवार्डसमेत पाईसकेका छन् ।

 

प्रतिक्रिया