२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

भुटानको पारो एफसीलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

851 Shares

काठमाडौं । मछिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणमा पुगेको छ । दशरथ रंगशालामा मंगलबार भएका खेलमा भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले हराउँदै मछिन्द्र दोस्रो चरणमा पुगेको हो । मछिन्द्रले आगामी अगष्ट १६ मा हुने आई लिग क्लब मोहन बगानसंगको भेट पक्का गरेको छ ।

मछिन्द्रको जितमा बिमल घर्ती मगर, आयुश घलान र ओलावाले आफिजले गोल गरे । खेलका सुरूवाती अग्रताले पारोले बनाएको थियो ।

खेलमा सुरुवाती अग्रता भुटानी क्लबले लिएको थियो । पारोका काजु होम्माले सातौं मिनेटमा अग्रता दिलाएका थिए । तर खेलको १२ औं मिनेटमा बिमल घर्ती मगरले बराबरी गोल फर्काए ।

खेलको १५ औं मिनेट मछिन्द्रले खेलमा अग्रता बनाउन सफल रहयो । बिमलको पासमा आयुशले मछिन्द्रका लागि दोश्रो गोल गरे । खेलको ३९ औं मिनेटमा ओलावालेले मछिन्द्रका लागि तेश्रो गोल गरे ।

दोश्रो हाफमा खेलको ६१ औं मिनेटमा मछिन्द्रका डिफेन्डर छिरिङ गुरूङलाई बिट गराउँदै पारोका इभान आसान्टेले गोल गर्दै अग्रता ३–२ मा झारे ।

प्रतिक्रिया