२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

१५ सयले निम्त्याएको काठमाडौँको छुरा प्रहार काण्ड ( ग्याङ फाइट )

1103 Shares
Spread the love

मंसिर १३ – मंसिर ८ गते काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार भएको थियो । जुन घटनामा विकी लिम्बुको मृत्यु भएको थियो भने अनिल श्रेष्ठ घाइते थिए । प्रहरीले सुरुवातमा लागु औषधको बिषयमा झगडा परेको हुन सक्ने बताएको थियो । घटनालगत्तै सोही दिनमै प्रहरीले २ जनालाई प्रक्राउ पनि गरेको थियो ।

यसबीचमा उक्त घटना १५ सय रुपैयाँको विवादलाई लिएर ५ दिनअघि भएको ‘ग्याङ फाइट’ भएको खलासा भएको छ । घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार घटना भएकै दिन पक्राउ परेका मनिष बानियाँले सञ्जिव परियारलाई १५ सय रुपैयाँमा लागूऔषध नाइट्रोभेट विक्री गरेका थिए ।

त्यसको रकम उनले फिर्ता दिएका थिएनन् ।सोही विषयलाई ८ मंसिर बिहान मनिषसहितको समूह सञ्जिवको घरमा पुगेको थियो । ‘त्यो १५ सय रुपैयाँ लिनलाई ऊ घरमा गएको थियो’, एक अनुसन्धान अधिकारीले भने, ‘त्यहाँ पैसा नपाएपछि उसले कोठाबाट ग्यास उठाउन खोजेको थियो । तर, धेरै मान्छे जम्मा भएपछि पैसा फिर्ता दिने सञ्जीवले आश्वसन दिए ।’

यद्यपि, उनले रकम भने फिर्ता गरेका थिएनन् । र, दिउँसो पुनः सोही विषयलाई लिएर दुई समुहबीच झगडा भयो । त्यसक्रमा मनिष र तारकेश्वरका महेश परियारले खुकुरी प्रहार प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने दुर्इ जनालार्इ महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोही दिन पक्राउ गरेको थियो । मनिष लागूऔषध र ज्यान मार्ने उद्योगमा २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

घटनाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले झगडामा संलग्न थप ४ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जीव परियार, फूर्वा शेर्मा, रोशन राई र भैरव बुढाथोकी छन् । उनीहरुमाथि मुलुकी अपराध संहिता अन्तरगतको अभद्र व्यवहार कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बानेश्वर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले बताउँछन् । घटनामा संलग्न मध्ये धेरै अझै फरार रहेको र उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया