२०८३, १२ कार्तिक बुधबार
×

चेन्नईले १२ रनले लखनउलाई हरायो

1494 Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।

गएराती एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले चेन्नईलाई १२ रनले हराएको हो । यस अघि चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो र खेल १२ रनको झिनो अन्तरले हार्न पुग्यो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ५३ रन ,निकोलस पुरनले ३२ रन ,मार्कुस स्टोईनसले २१ रन तथा आयुष बदोनीले २३ रन बनाए । कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।

चेन्नईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

प्रतिक्रिया