1336
Shares
काठमाडौं। भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ ।
चेन्नई पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा गत संस्करण विजेता गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो ।
लखनउले भने पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको थियो । ऊ लगातार दोस्रो जित निकाल्दै लय कायम राख्न चाहन्छ ।
हालसम्म चेन्नई र लखनउबीच एक खेलमा प्रतिस्पर्धा भएको थियो । गत संस्करणमा भएको सो खेलमा लखनउले चेन्नईलाई ६ विकेटले हराएको थियो ।
यसपटक चेन्नई गत सिजनको हारको बदला लिँदै लखनउलाई हराउने सोचमा छ । यसपालि पनि चेन्नईको कप्तानी महेन्द्र सिंह धोनी र लखनउको कप्तानी केएल राहुलले गरिरहेका छन् ।