२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

सत्ता गठबन्धनको बैठक बस्दै, साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

1311 Shares
Spread the love

काठमाडौं । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः सत्ता गठबन्धनको बैठक बस्दै छ ।

मंगलबार साँझ बसेको बैठकमा दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि मन्त्रालय बाँडफाँटबारे सहमति हुन सकेको थिएन ।  मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने अडान लिएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

अहिले विहान ९ बजे बस्ने तय भएको बैठक तोकिएकै समयमा सुरु हुन नसकेपनि शिर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसेका स्रोतले जनाएको छ ।

प्रतिक्रिया