२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

प्रधानमन्त्री थ्री नेसन्स कप: आज नेपाल र भुटानबीच खेल हुने

1687 Shares

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज नेपाल र भुटानबीच खेल हुनेछ।काठमाडौको दशरथरंगशालामा साँझ ६ बजे देखि हुने यो खेल लिग चरणको अन्तिम खेल हो।

यस अघि नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो भने भुटान लाओससंग २-१ ले हारेको थियो।

आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ।यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपाल फाईनलमा पुग्नेछ।भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने छ।

लाओसको फाइनल पुग्ने भविष्य पनि आजकै खेलले निर्धारण गर्नेछ।नेपालको बराबरी वा जितले लाओस र नेपाल फाइनल पुग्नेछन्।भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिनेछ।

प्रतिक्रिया