२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

2230 Shares
Spread the love

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंले आजदेखि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । ुफास्ट ट्र्याकुबाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।

शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो ।

प्रतिक्रिया